वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
कार्यपालिका सञ्चालन गर्न मेयर शाह र उपमेयर डंगोलबीच भयो सहमति
Prabhu Bank AD

 

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उमेयर सुनिता डंगोलबीच कार्यपालिका बैठक सञ्चालन गर्ने सहमति भएको छ । बुधबार मेयर शाह, उपमेयर डंगोलसहित वडा १५, १७ र ३२ का अध्यक्षसहित बसेको बैठकले उक्त सहमति गरेको हो ।

महानगरका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नवीन मानन्धरले छिटै कार्यपालिका बस्ने गरी सहमति भएको जानकारी दिए ।

‘मेयरसँग कार्यपालिका सञ्चालन र नगर सभा सञ्चालन गर्ने भनेर सहमति भएको छ,’ उनले भने, ‘हाम्रो पहिलेदेखि कै एजेन्डामाथि मेयरसँग बैठक गरेका हौं । अब छिट्टै कार्यपालिका बैठक बस्छ ।’

Prabhu Bank AD

सम्बन्धित खवर