वि.सं.२०८३ मंसिर ७ आइतवार
Shivam
Dish Home Long Ad
TaTa
अब राजनीतिको लोडसेडिङ अन्त्य गर्छु : कुलमान घिसिङ

सिरहा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा व्याप्त राजनीतिक अस्थिरता, बेथिति, अन्योलता र विभेदको अन्त्य गर्दै राजनीतिको लोडसेडिङ अन्त्य गर्ने बताएका छन् ।
छठ पर्वको अवसरमा सिरहा–सप्तरी आएका घिसिङले सिरहाको गोलबजार नगरपालिका–१० स्थित धरमपुर गाउँमा स्थानीयसँगको भेटघाटका क्रममा यस्तो बताएका हुन् । उनले विगतमा आफ्नो स्वच्छ भावनामाथि राजनीतिक हत्या गरिएको टिप्पणी गर्दै अब त्यस्तो परिस्थितिको सिकार नहुने बताए । उनले भने, “मेरो स्वच्छ भावनामाथि विगतमा राजनीतिक हत्या भयो । तर, अब म त्यस्तो राजनीतिक हत्याको सिकार हुने छैन । जसरी पानीबाट विद्युत् उत्पादन गरेर देशमा लोडसेडिङको अन्त्य गरियो, त्यसरी नै अब राजनीतिको लोडसेडिङ अन्त्य गर्छु ।”
विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा लोडसेडिङ अन्त्य गर्न खेलेको भूमिकालाई स्मरण गर्दै उनले अब देशको राजनीतिक क्षेत्रमा पनि उज्यालो ल्याउने आफ्नो लक्ष्य रहेको बताए । घिसिङले देशमा सकारात्मक परिवर्तन र राजनीतिक सुधारका लागि उज्यालो नेपाल पार्टीलाई दिल र मनदेखि आउँदो चुनावमा मतदान गर्न स्थानीय मतदातासँग अपिलसमेत गरे । उनको छठ पर्वका अवसरमा सिरहा र सप्तरीका विभिन्न स्थानमा स्थानीयसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको थियो ।

Agni

सम्बन्धित खवर