वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
बुबाको क्रिया नसकिदै आमाको मृत्यु, परिवारको बिचल्ली, सहयोगको खाँचो
Prabhu Bank AD

राजदेव राम, सप्तरी ३ असोज । सप्तरीको खडक नगरपालिका – ३ गरुराहामा एक हप्ताकै फरकमा श्रीमान श्रीमतीको मृत्युु भएको छ । उनीहरूको मृत्यु भएपछि ५ बच्चाको बिचल्ली भएको छ । बुवाको मृत्यु भएको क्रिया नसकिदै आमाको मृत्युको क्रिया बस्न विवशता खेपिरहेका १२ वर्षीय प्रिन्स कुमार चौधरीको मन आमाबाबुको वियोगमा विक्षिप्त छन् । दोहोरो दागबत्ती दिएर क्रिया बसेका छन् ।

चन्देश्वर चौधरी कलवारको माईलो छोरा संजय चौधरीले खर्चुहिया बजारमा पान पसल संचालन गरेर जिबिको पार्जन गर्दै आएका थिए । निकै भद्र र शालिन पान पसलेको रुपमा उनी चर्चित थिए । तर, दैवको खेल बिगत लामो समयदेखि दुबै जना सुगर रोगले ग्रसित थिए । अन्दाजी ४२/४३ वर्षको श्रीमान संजय चौधरी र श्रीमती बबिता चौधरीको मृत्युको शोकमा यतिबेला पुरै गरुराहा गाउँ र खर्चुहिया बजार शोकमा छन् ।

उनीहरू दुई बर्षदेखि धरानको बिपी कोइराला बिज्ञान प्रतिष्ठानमा उपचार गराउँदै आएका थिए । उपचार खर्चमा १५ लाख बराबरको घडेरी बेचेर पनि उनीहरू बाँच्न सफल भएन । ससाना चार छोरी र एक कान्छो छोराको बिचल्ली भएको छ । प्रालाइसिस र कम्जोरीले थलिएका हजुरबुवा र हजुरआमा पनि यतिबेला वियोगमा मुर्छित छन् । परिवारको जीविकोपार्जन थेग्ने खाम्बा ढलेपछि परिवारमा हातमुख जोड्ने समस्या उत्पन्न भएको छ ।

भदौ २६ गते मंगलबार बिहान करिब ७ बजे संजय चौधरीको उपचार गर्न लैजाने क्रममा बाटोमै निधन भएको थियो भने पति वियोग र रोगले ग्रसित श्रीमती बबिताको भने नजिकै रहेको जेनिस अस्पतालमा २ असोजमा निधन भएको छ । बच्चाहरुको लालनपालन र शिक्षा दिक्षामा समस्या हुने कारणले गाउँ बासी चिन्तामा छन् । सहयोगी मन र हातहरुलाई सहयोग गर्न गाउँबासीले सबैसँग अनुरोध गरेको रामनारायण चौधरीले जानकारी दिनुभयो ।

Prabhu Bank AD

सम्बन्धित खवर