वि.सं.२०८३ मंसिर ११ बिहीवार
Shivam
Dish Home Long Ad
TaTa
इजिप्टमा इन्धन ट्यांकर पल्टिँदा भीषण आगलागी, ३१ जनाको मृत्यु र २१ घाइते

कायरो । इजिप्टको राजधानी कायरोमा बुधबार राति एक इन्धन ट्यांकर अनियन्त्रित भई पल्टिँदा लागेको भीषण आगोमा परी ३१ जनाको ज्यान गएको छ। घटनामा अन्य २१ जना घाइते भएका छन्।

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार कायरोको वराक क्षेत्रस्थित रिङ रोडमा ट्यांकर पल्टिएलगत्तै ठुलो विस्फोटसहित आगो सल्किएको थियो। आगोको लप्का यति तीव्र थियो कि नजिकै गुडिरहेका तथा पार्किङमा राखिएका कैयौँ सवारीसाधनसमेत जलेर नष्ट भएका छन्। घटनालगत्तै उद्धारकर्मीहरूले जलिरहेका गाडीभित्र फसेका यात्रुहरूको उद्धार गरेका थिए। सार्वजनिक भएका भिडियो फुटेजहरूमा राजमार्गमा आगोको ठुलो मुस्लो र कालो धुवाँ उडिरहेको देखिन्छ।

दुर्घटनाको आधिकारिक कारण अझै पुष्टि भइनसके पनि राज्य सञ्चालित ‘अल-अहराम’ अखबारले अनुसन्धान स्रोतलाई उद्धृत गर्दै प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। जसअनुसार निजी ठेकेदारको स्वामित्वमा रहेको उक्त ट्यांकर राजमार्गमा गुडिरहेका बेला अगाडिपट्टि उच्च भोल्टेजको बिजुलीको तार चुँडिएर खसेको थियो। सोही क्रममा आत्तिएका चालकले सन्तुलन गुमाउँदा ट्यांकर सडकको डिभाइडरमा ठोकिएर पल्टिएको र आगलागी भएको बताइएको छ।

Agni

सम्बन्धित खवर