वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
दुर्गा प्रसाईंसहित ५६ जनालाई अरु दुई दिन हिरासतमा राख्न अनुमति
Prabhu Bank AD

 

काठमाडौं । तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंसहित ५६ जनालाई अनुसन्धानका लागि हिरासतमा राख्न थप दुई दिन म्याद थप भएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजालसले प्रहरीको अनुरोधमा म्याद थप गरिदिएको हो।

चैत १५ गते तीनकुनेमा गरिएको राजावादीको प्रदर्शनका जनकमान्डर प्रसाईँलाई तोकिएको थियो। प्रदर्शन हिंसात्मक बन्दा २ जनाको ज्यान गएको थियो। प्रदर्शनकारीहरूले त्यसवरपरका निजी तथा सार्वजनिक संरचनामा तोडफोड, आगजनी र लुटपाट गरेका थिए।

प्रहरीले यस घटनामा संलग्नहरूमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाउने तयारी गरिरहेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर