मुग्लिङ–नारायणगढ सडकअन्तर्गत चितवनको घुमाउनेमा बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाण्डौंतर्फ आउँदै गरेको सु।प्र।प्र।०२–००१ ख १३३२ नम्बरको बस सडक छेउमा अड्किएकाले त्रिशुलीमा खस्नबाट जोगिएको छ ।
दुर्घटनामा चार महिला र १३ पुरुष घाइते छन् । तीमध्ये पाँच जनालाई धेरै चोट लागेको प्रहरीले जनाएको छ ।

