वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
सुनकोसीमा खसेको गाडी भेटियो
Prabhu Bank AD

शनिबार सिन्धुलीमा भएको दुर्घटनामा सुनकोसी नदीमा खसेको गाडी फेला परेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई नदी किनारमा निकालेको छ ।

हिजो साँझ ५ः३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए । भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो ।

बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यागु र बलाम घटुवा रहेका छन् । सुनकोसीमा खसेलगत्तै १ जना भने पौडेर बाहिर निस्किएका छन् । नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएका हुन् ।

Prabhu Bank AD

सम्बन्धित खवर