वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
११० जनाले ‘पोइजन सूचना केन्द्र’ बाट लिए सेवा
Prabhu Bank AD

त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित ‘पोइजन सूचना केन्द्र’ बाट ११० जनाले सेवा लिएका छन् । विगत ४ महिना अघिदेखि सञ्चालनमा आएको सेन्टरबाट विष सेवन गरेका ११० जना बिरामीबाट स्वास्थ्यकर्मीले परामर्श लिएका हुन् ।

विष सेवन गरेका ११० जना बिरामीमध्ये १०६ जनाको सफल उपचार भएको त्रिवि शिक्षण अस्पतालका चिकित्सक तथा सेन्टरका संयोजक डा।राकेश घिमिरेले बताए । त्यसमध्ये ४ जनाको निधन भएको उनले बताए ।

‘दैनिक रुपमा सरदर विष सेवन गरेका बिरामीका लागि सुझाव लिन फोन आउने गरेको छ,’ उनले भने, ‘सेवासँगै यसलाई अनुसन्धानकै रुपमा सुरुवात गरेका छौँ, यसले विष सेवन गरेका बिरामीलाई उपचार गर्दा स्वास्थ्यकर्मीलाई समेत विज्ञहरूमार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गरेको छ ।’
विष सेवन पछिको उपचारका विषयमा कुनै जानकारी लिनुपरेमा ०१–४५०२०११ मा फोन गर्न सकिने समेत उनले बताए ।

विष सेवन गरेकाहरूको उपचारलाई प्रभावकारी बनाएर उनीहरूको मृत्युदर कम गर्ने उद्देश्यले विज्ञहरूमार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्ने गरिएको डा।घिमिरे सुनाए ।

उनका अनुसार नेपालमा बर्षेनी ६ हजार ९ सय ३३ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक छ ।

त्यसमध्ये २० प्रतिशतले विष सेवन गरेको डा.घिमिरेले बताए ।

सो केन्द्रले २४ सै घण्टा आवश्यक सूचना उपलब्ध गराएको समेत उनले दाबी गरे ।

Prabhu Bank AD

सम्बन्धित खवर