एजेन्सी। सामाजिक सञ्जाल ट्विरको लोगो परिवर्तन भएको छ । गएरातीदेखि ट्विटरको लोगो परिवर्तन भएको हो ।
ट्विटरको लोगोमा यस अघि नीलो चरो रहेकोमा अहिले कुकुर राखिएको छ । ट्विटरका मालिक एलन मस्कले ट्विटरको लोगोबाट नीलो चरोलाई हटाएर एक कुकुरलाई राखेका हुन् ।
गएको अक्टोबरमा ट्विटर खरिद गरेका अमेरिकी अर्वपति मस्कले ट्विटरमा विभिन्न परिवर्तन गर्दै आएका छन् ।

