वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
चीन निर्यातमा नयाँ नियम लगाउने तयारी, अमेरिकी चीप निर्माता कम्पनीको सेयर खस्कियो
Prabhu Bank AD

चीनलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ चीपहरु बिक्री गर्ने विषयमा अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने आशंकाबीच अमेरिकी चीप निर्माता कम्पनी एनभिडिया र एएमडीको सेयर मूल्य खस्केको छ । यस्ता चीपहरु चीन र रुसले सैन्य क्षेत्रमा प्रयोग गर्ने अमेरिकाको आशङ्का रहेको छ ।

नयाँ प्रतिबन्धले दुई कम्पनीको लाखौँ डलरको आम्दानीमा असर पर्ने आशङ्का छ । लगत्तै न्युयोर्कमा दुवै चीप निर्माता कम्पनीको मूल्य घटेको थियो । एनभिडियाको सेयर मूल्य ६।६ प्रतिशतले घट्यो भने एएमडीको सेयर मूल्य ३।७ प्रतिशतले घटेको थियो ।

नयाँ लाइसेन्स प्रक्रियाले एनभिडियाको ए १०० र एच १०० चीपको निर्यातमा असर पुग्ने कम्पनीले बताएको छ । चीनमा हुने ४० करोड अमेरिकी डलर बराबरको व्यापारमा असर पुग्ने कम्पनीको भनाई छ । त्यस्तै, एएमडीले पनि नयाँ नियम लागू भएपछि चीनमा हुने एमआई २५० चीपको निर्यातमा असर पुग्ने बताइएको छ ।

यसअघि युक्रेनमा सैन्य कारबाही सुरु गरे यता दुवै कम्पनीले रुसमा चीपको बिक्रीलाई बन्द गरेका थिए । –बीबीसी

Prabhu Bank AD

सम्बन्धित खवर