वि.सं.२०८३ भदौ ३१ बुधवार
Dish Home Long Ad
सुरुवाती मापनमा कति देखियो काठमाडौँको न्यूनतम तापक्रम

 

काठमाडौँ । काठमाडौं उपत्यकाको आज सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज (मंगलबार) बिहान ५.४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस छ।

हिजो यो बेला काठमाडौँको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस थियो। तर बिहान ८.४५ बजे आधिकारिक मापनमा काठमाडौँको न्यूनतम तापक्रम सोमबार ५।७ डिग्री सेल्सियस कायम भएको थियो।

आज पनि आधिकारिक न्यूनतम तापक्रम अहिले त्यही समय बिहान ८.४५ मा मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवाती मापनमा देखिएभन्दा केही कम हुने सम्भावना हुन्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८.४५ बजे र अधिकतम तापक्रम साँझ ५.४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

सम्बन्धित खवर