वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
पहिरोले अरनिको राजमार्ग अवरुद्ध
Prabhu Bank AD

अरनिको राजमार्गअन्तर्गत ५० किलोदेखि ५४ किलो खण्डका विभिन्न ठाउँमा लेदो सहितको पहिरो झरेर राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार अपराह्न ४ बजेतिर वर्षाका कारण पहिरो झरेकाले राजमार्गमा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिए ।

उनका अनुसार, पहिरो पन्छाएर बाटो खुलाउने प्रयास जारी छ । तर वर्षा भइरहेकाले सडक खुलाउन कठिन भइरहेको उनले बताए ।

सवारीहरुलाई चाखोला–ज्याम्दी–कुन्ताबेंसी–नगरकोट सडक–खण्ड भएर यात्रा गर्न अनुरोध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर