एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौँ आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट उक्त धातु सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट सुनको ढिक्का १ थान र औँठी १ थान प्रहरीले बरामद गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

