वि.सं.२०८३ साउन १० आइतवार
Dish Home Long Ad
सात गोलको थ्रिलरमा रियललाई हराउँदै सिटीलाई अग्रता
Prabhu Bank AD

म्यानचेस्टर सिटीले रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा ४–३ गोलको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुयना, ग्राबियल जिसुस, फिल फोडेन र ब्रनान्डो सिल्भाले एक–एक गोल गरे ।

यता रियलका लागि करिम बेन्जिमाले दुई गोल गरे । त्यस्तै भिनिसियस जुनियरले एक गोल गरे । खेलको सुरुवातमा सिटीका लागि डी ब्रुयनाले खेलको दोस्रो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै जिसुसले ११औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

रियलका लागि ३३औं मिनेटमा रियका लागि बेन्जिमाले गोल गर्दै रियललाई २–१ गोलको अवस्थामा ल्याए । सिटीका लागि फोडेनले ५३औं मिनेटमा गोल गर्दै टिमको अग्रता ३–१ को बनाए । ५५औं मिनेटमा भिनिसियसले गोल गर्दै स्कोर ३–२ बनाए ।

७४औं मिनेटमा सिटीका लागि सिल्भाले गोल गर्दै टिमलाई ४–२ गोलको अग्रता दिलाए । ​८२औं मिनेटमा रियका लागि बेन्जिमाले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता ४–३ मा ल्याए । योसँगै सिटीले पहिलो लेगमा ४–३ गोलको अग्रता लिएको छ । सिटी र रियलबीचको दोस्रो लेग मे ५ मा हुनेछ ।

Prabhu Bank AD

सम्बन्धित खवर