वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
विनिताको कीर्तिमानी शतकमा नेपालले भारतलाई कसरी हरायो ?
Prabhu Bank AD

 

काठमाडौं । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई नौ विकेटले पराजित गरेको हो। ब्याटर विनिता पुनको कीर्तिमानी शतकमा नेपालले सहज जित हासिल गरेको छ।

दृष्टिविहीन महिला क्रिकेटमा शतक बनाउने उनी पहिलो नेपाली खेलाडी हुन्। उनले पोखरामा भएको पहिलो खेलमा १११ रन बनाएकी थिइन्। जुन महिला खेलाडीले बनाएको पहिलो शतक थियो।

शुक्रबार भारतले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एक विकेटको क्षतिमा जित हासिल गरेको हो। नेपालका लागि पुनले १२६ बनाइन्। नेपाली खेलाडीले बनाएको यो उच्च स्कोर हो। त्यस्तै, मनकेशी चौधरीले ६५ र र मुना अर्यालको चार रन बनाए।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पाँच विकेटको क्षतिमा २१३ बनाएको थियो। भारतका लागि सुष्मा पटेलले ६३, सिमु दासले ४६, गंगाले ३९, वसन्ती हन्संदा २३, फुला सरेन १० रन, रभानी र वर्षाले चार(चार रन बनाए।

यसअघि भएका दुई खेलमा नेपाल र भारतले एक(एक खेल जितेका थिए। पहिलो खेल नेपालले र दोस्रो खेल भारतले जितेको थियो।

अब प्रतियोगिताका दुई खेल बाँकी छन्। चौथो खेल शनिबार र पाँचौं खेल आइतबार हुनेछ। नेत्रहीन क्रिकेट संघको आयोजनामा वैशाख १२ गतेदेखि प्रतियोगिता शुरू भएको थियो ।

विजयी टोलीले ७५ हजार र उपविजेता टोलीले ४५ हजार नगद पुरस्कार पाउनेछन्। प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पाँच हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।

शुक्रबारको खेलमा नेपालका लागि शतक प्रहार गरेकी पुन प्लेयर अफ द म्याच भइन्।

नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको मुख्य प्रशिक्षक रिजन प्रजु बताए। बाँकी दुई खेलमा पनि राम्रो नतिजा निकालेर उपाधि जित्ने लक्ष्यसहित खेल्ने प्रशिक्षक नहेन्द्र निरौंलाको भनाइ छ।

Prabhu Bank AD

सम्बन्धित खवर