वि.सं.२०८३ भदौ २८ आइतवार
Dish Home Long Ad
डीआर कंगोलाई पराजित गर्दै कोलम्बिया नकआउट चरणमा

काठमाडौ । फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो) विरुद्ध कोलम्बिया १–० ले विजयी भएको छ।

यो जितसँगै कोलम्बिया जारी विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
खेलको ७६ औं मिनेटमा कोलम्बियाका मुनोजले कंगाले निर्णायक गोल गरेका हुन्। समूह ‘के’मा कोलम्बिया ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो।

पहिलो खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ ले पराजित गरेको थियो।

उज्वेकिस्तान पहिलोपटक विश्वकपमा पुगेको हो।

यसअघिको पहिलो खेलमा कंगोले विश्व सुपर स्टार क्रिस्टियानो रोनाल्डो समावेश पोर्चुगललाई १–१ को बराबरीमा रोकेर चर्चा कमाएको थियो।

कंगोले ५२ वर्षपछि विश्वकप खेलेको हो। यो हारपछि कंगो भने एक अंकमै सीमित रह्यो। अब समूह विजेताको निर्णय गर्नका लागि कोलम्बियाले पोर्चुगलको सामना गर्नेछ। अर्को खेलमा कंगो र उज्वेकिस्तान भिड्ने छन्।

सम्बन्धित खवर