वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
चिसोका कारण भुकम्प पीडित २५ बर्षीया सुत्केरीको मृत्यु
Prabhu Bank AD

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ। स्थानीय टेकबहादुर नेपालीले गए राति चिसोबाट चदाराको मृत्यु भएको जानकारी दिए। उनी सुत्केरी भएको करीब महिना दिन हुन लागेको थियो। उनले छोरीलाई जन्म दिएकी थिइन्।

नलगाड–८ का वडाध्यक्ष तेजबहादुर सिंहले पनि चदराको मृत्यु भएको बताएका छन्। चिसोकै कारण यसअघि नै ८ जना भुकम्प पीडितको मृत्यु भइसकेको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पमा परी १५४ जनाको मृत्यु भएको छ भने ३४६ घाइते भएका थिए।  भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार ४५५ घर आंशिक रूपमा क्षति भएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर