वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
मापदण्ड नपुगेको भन्दै इन्जिनियरविरुद्ध अख्तियारको मुद्दा
Prabhu Bank AD

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बनाइएको सडकमा मापदण्ड नपुगे पनि सही सलामत भन्दै प्रमाणित गर्ने इन्जिनियर र सव–इन्जिनियरविरुद्ध मुद्दा दर्ता गरेको छ।

आर्थिक वर्ष २०७६, ७७ मा दैलेखको गुराँस गाउँपालिका ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै तत्कालीन इन्जिनियर सरोज कुमार दाहाल र सव–इन्जिनियर नवीनकुमार बिसीविरुद्ध अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

दाहाल र बिसीले ‘निगालपानी रेग बगौरा सडक निर्माण योजना’ सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बदनियत पूर्वक वास्तविक भए गरेको कार्य लुकाईछिपाई नभए नगरेको कुरा देखाएको अख्तियारको आरोप छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर