वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
माओवादी केन्द्रलाई ‘माओवादी’ घाँडो भो, हटाउने तयारी
Prabhu Bank AD

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नामबाट माओवादी हटाउन सकिने बताएका छन् । उनले विधान अधिवेशनमा नेकपा राखेर समाजवादी, वाममोर्चा राख्न विकल्प खुला राख्ने गरी प्रस्ताव राखेका छन् ।

हाल पार्टीको चुनाव चिन्ह भने नफेरिने दाहालको भनाइ थियो । हाल पार्टीको नाम फेर्न खुला राखे पनि तत्काल पुरानै राखिने भएको छ । ‘अहिले नाम यथावत् राख्ने र चुनाव चिन्ह पनि थथावत् राख्नुपर्छ’ दाहालले भने ।

दाहालले पार्टी केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित र पदाधिकारी केन्द्रीय समितिले गर्ने बताएका छन् । जारी विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले समूहगत सुझावको आधारमा यो प्रावधान उपयुक्त हुने बताएका छन् ।

त्यस्तै विधानमा प्रस्ताव गरिएको भन्दा केन्द्रीय समितिको संख्या बढाउने निश्कर्षमा माओवादी पुगेको छ । मस्यौदामा १५१ सदस्यीय प्रस्ताव गरेकोमा अब १९९ सदस्यीय हुने छ । पदाधिकारीको संख्या घटाएर ११ बनाउने निष्कर्ष पनि माओवादीले निकालेको छ ।

अध्यक्ष दाहालले मंगलबार अधिवशेनमा प्रस्तुत गरेको विधान मस्यौदामाथि सबै समूहले सुझाव दिनक्रम बिहीबार सकिएको छ । प्रतिनिधिको सुझावको आधारमा विधानलाई अन्तिम रुप दिई हलबाट पारित गर्ने तयारी छ । सुझावलाई समावेश गर्ने हो भने अब माओवादी नेतृत्व प्रत्यक्ष निर्वाचन विधिबाट चयन हुने छ ।

मङ्गलबारदेखि काठमाडाौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बुधबार १३ र बिहीबार सात समूहले बाट मस्यौंदा विधानमाथि सुझाव प्रस्तुत गरेका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर