वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ‘१५ आै राष्ट्रिय महिला सम्मेलन सम्पन्न’
Prabhu Bank AD

काठमाडौं । नेपाल महिला एकता समाजको आयोजनामा सामाजिक न्याय र समानता,लैंगिक हिंसा बिरुद्ध र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा “१५ आैं राष्ट्रिय महिला सम्मेलन” सम्पन्न गरिएकाे छ ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरकाे प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रमकाे अध्यक्षता नेपाल महिला एकता समाजकी अध्यक्ष बिना बुद्धाचार्यले गर्नु भएकाे थियाे भने महासचिव धन लामाले कार्यक्रमकाे सञ्चालन गर्नुभएकाे थियाे ।
राष्ट्रिय भूमि आयोग काठमाण्डौ जिल्ला समितिका अध्यक्ष श्याम कृष्ण प्रजापतिकाे बिशेष आतिथ्यता रहेकाे कार्यक्रममा आयोगका सदस्य मोती लाल लामा, नेपाल बसोबासका महासचिव राजु तामाङ्ग, संस्थापक अध्यक्ष हुकुम बहादुर लामा, नेपाल महिला एकता समाजका पूर्व अध्यक्ष बिमला तामाङ्ग, संयुक्त राष्ट्रिय सुकुम्बासी माेर्चाका उपाध्यक्ष राज कुमार पाण्डे, महासचिव अर्जुन कुँवर, सचिव कृष्ण पौडेल,सल्लाहकार पदम सिजापति, सदस्य राज कुमार लामा, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल अध्यक्ष्य श्याम साह, ज्ञानज्योति, नवदिप ज्योति र प्रगति महिला सहकारीबाट तारा बजगाईं, अध्यक्ष हिरामाया लामा र उपाध्यक्ष नैना थापाकाे आतिथ्यता रहेको थियो।
शंखमुलकाे अनमाेल बैंकटमा सम्पन्न भएकाे कार्यक्रममा वक्ताहरुले वर्ग र महिला मुक्ति, अधिकारका विषयमा महत्त्वपूर्ण भनाइहरु राखेका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर