संयुक्त तालिम अभ्यासमा सहभागी हुन नेपाली सेनाको फौज भारत प्रस्थान
गाँउनगर
वि.सं.२०८० मंसिर ७ बिहीवार १८:३५ बजे
2.7Kshares
काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त तालिम अभ्यास “SURYA KIRAN-XVII” मिति २०८० मङ्सिर ०८ गतेबाट भारतको पिथौरागढमा सुरु हुँदैछ । दुवै देशका सेनाहरुको गण ९द्यबततबष्यिल० स्तरको फौजको सहभागिता रहने उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली मिति २०८० मङ्सिर ०६ गते त्यस तर्फ प्रस्थान गरेको छ ।
वि.सं. २०६७ सालबाट वार्षिक रूपमा नेपाल र भारतमा आलोपालो गरी आयोजना हुँदै आएको संयुक्त अभ्यास सूर्य किरणको यो १७ औँ संस्करण हो । गत वर्ष मिति २०७९ पौष ०१ गतेदेखि पौष १४ गतेसम्म रुपन्देही जिल्लाको सालझण्डीमा यसको १६ औँ संस्करण सञ्चालन भएको थियो । यस वर्ष सञ्चालन हुने संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी सुवास के।सी। को नेतृत्वमा ३३४ जना को सहभागिता रहने छ ।
२०८० मङ्सिर २१ गतेसम्म सञ्चालन हुने संयुक्त अभ्यासमा सहभागी फौजहरूले विपद् व्यवस्थापन, प्रति व्रिदोह तथा प्रति आतङ्कवाद लगायत जङ्गल युद्धकला सम्बन्धी व्यवहारिक अभ्यास गर्नेछन् । प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद, फौजको Interoperability अभिवृद्धि र Disaster Management मा केन्द्रित रही तालिम सञ्चालन गर्ने उद्देश्यले आयोजना हुने अभ्यास सूर्यकिरणको यस संस्करणले दुई देश बिचको वर्षौँ पुरानो पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउनुको साथै दुई देशका सेनाहरू बिच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको नेपाली सेनाको हेडक्वार्टरले विहिबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।