वि.सं.२०८३ मंसिर ८ सोमवार
Shivam
Dish Home Long Ad
TaTa
आज यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार, लगियो ट्रमा सेन्टर

 

काठमाडौँ । नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको छ। रिपोर्टस् क्लबबाट निस्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो ।

नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेको काठमाडौं परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिए। यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको ढुंगेलले जानकारी दिए। खुकुरी प्रहार गर्ने सापकोटालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

सापकोटा आफूलाई नागरिक अभियन्ता बताउने गरेका छन्।

Agni

सम्बन्धित खवर