काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता, चिन्तक, लेखक तथा अनुवादक कृष्णदास श्रेष्ठकी श्रीमती महालक्ष्मी श्रेष्ठ अस्पताल भर्ना हुनु भएको छ । उहाँको स्वास्थ्यमा समस्या आएपछि आठ दिनअघि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको परिवारले जानकारी दिएको छ । उहाँको मुटु र किड्नीमा समस्या देखिएको उपचारमा संलग्न डाक्टरहरुले जनाएका छन् ।
८४ बर्षीय श्रेष्ठ नेपालकै सबैभन्दा पुरानो गान्धी तुलसीमेहर महागुठीको मुख्य गुठियार समेत हुनुहुन्छ । उहाँ कृष्णदास फाउण्डेसनको अध्यक्ष समेत हुनुहुन्छ ।
असार १३ गते अस्पताल भर्ना हुनुभएकी श्रेष्ठको उपचारमा डा.जेपी जैसवालको टिम संलग्न रहेको छ । चिकित्सकहरुका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ । उहाँको केही दिन अस्पतालमै राखेर उपचार गरिने पनि अस्पतालले जनाएको छ ।

