वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
सांसद भण्डारीको अवस्था गम्भिर, उपचारका लागी भारत नजाने निर्णय
Prabhu Bank AD

काठमाडौं । ग्यास सिलिण्डर विष्फोटमा परेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले उपचारको लागि भारत जान अस्वीकार गरेका छन् । खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।

गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । उनका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ ।

आफूहरुले एयर–वे म्यानेज लगायतका काम गरेर उपचार गरिरहेको बताउँदै उनले भारतमा लगेर उपचार गर्न सिफारिस पनि गरेको जानकारी दिइन् ।
‘उहाँलाई गाह्रो भएकाले इण्डियातिर उपचार गर्न सल्लाह पनि दिएको छ,’ मेडिकल डाइरेक्टर ताम्राकारले भनिन्, ‘यति डिप वर्न नेपालमा अलि सहज छैन ।’

अस्पतालका मेडिकल डाइरेक्टर ताम्राकार र जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै हालको स्रोत साधनले नेपालमा उपचार सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न अस्पतालमा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिएको जानकारी दिएका हुन ।

कीर्तिपुरको बर्न अस्पतालमा उपचार गराइरहेका सांसद भण्डारी र उनकी आमालाई अस्पतालले उपचारको लागि तत्काल देशबाहिर लैजान सिफारिस गरेको छ । तर भण्डारीले आफूलाई देशमै उपचार गराउन आग्रह गर्दै भारत जान अस्वीकार गरेका छन् । उनको अडानले चिकित्सक अलमलमा परेका छन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर