काठमाडौं, ९ मंसिर २०८३। नेपाल प्रहरीमा एकैपटक ६० जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले मंगलबार (८ मंसिर) गरेको निर्णयअनुसार उनीहरूलाई नयाँ जिम्मेवारीसहित विभिन्न स्थानमा खटाइएको हो ।
प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विकास विभागले मंगलबार सरुवासम्बन्धी निर्णय गरेको हो ।
तलब–भत्ताको व्यवस्था: सरुवा भएका सबै ६० जना एसपीले चालू मंसिर महिनादेखिकै तलब तथा भत्ता सरुवा भएकै नयाँ कार्यालयबाट बुझ्नेछन् ।
नयाँ दरबन्दीअनुसार तलब–भत्ता निकासा र अभिलेख व्यवस्थापन गर्न विभागले राष्ट्रिय किताबखानालाई पत्राचार गरिसकेको छ ।


