वि.सं.२०८३ भदौ २८ आइतवार
Dish Home Long Ad
संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग आज एकपछि अर्को गरी छलफल गरिरहेका छन् ।
शाहले केहीबेरअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका छन् ।
अहिले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिँदै छन् । यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने कार्यक्रम छ ।

सम्बन्धित खवर