काठमाडौँ । नेपाली चलचित्रका पारखीहरुका लागि डिशहोम गो एपले थप दुई उत्कृष्ट नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’ लाइभ गरेको छ । दर्शकहरूले यी चलचित्रहरू नेपालभित्र २२५ रुपैयाँ र नेपाल बाहिर १.९९ अमेरिकी डलर तिरेर डिशहोम गोमार्फत हेर्न सक्नेछन् ।
‘जय हो’ एक एक्सन–ड्रामा चलचित्र हो, जसलाई टेक पौराखी राईले निर्देशन गरेका हुन् । चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङको प्रमुख अभिनय रहेको छ ।
राज के. अधिकारी र सुरज सरकार निर्माता रहेको यस चलचित्रले सामाजिक अन्याय र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने दृढ पात्रको कथा प्रस्तुत गर्दछ । व्यक्तिगत पीडा र सामूहिक संघर्षमार्फत परिवर्तनको सन्देश दिनु यो चलचित्रको मुख्य उद्देश्य हो ।
त्यसैगरी, सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘लाखे’ नेपाली लोककथा र नाटकको संयोजनमा आधारित छ । सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुप विक्रम शाही र वर्षा राउतको अभिनय रहेको यस चलचित्रलाई सिजन अर्याल, जी।एम। ठाकुरी र डीपी भण्डारीले निर्माण गरेका हुन् ।
परम्परागत विश्वास, समुदाय र लाखे पात्रमार्फत आशा र डरको कथा प्रस्तुत गर्ने यस चलचित्रले दर्शकलाई फरक स्वादको अनुभव दिने कम्पनीको दाबी छ

