वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
उम्मेदवारका अनेक चटक देखेर मतदात तीन छक्क
Prabhu Bank AD

काठमाडौं । कहिल्यै नदेखेका र नाम पनि नसुनेका व्यक्तिहरु भोट भाग्दै घर घर गएर अनेक चटक देखाउन थालेपछि जनता तीन छक्क परेका छन् । मंगलबार मनोनयन दर्ता भएसँगै विभिन्न पार्टीका उम्मेदवारहरू मतदाता रिझाउन अनेक चटक देखाउन थालेका छन् ।

वैकल्पिक शक्तिको नाममा पुराना पार्टीका नेतालाई गाली गर्दै शहर बजार र सामाजिक सञ्जालतिर चर्का कुरा गर्नेहरू पनि यतिबेला उम्मेदवार बनेर भोट माग्न गाउँ पसेका छन् । चुनावका बेला उम्मेदवारले कार्यकर्ताको लावालस्कर लिएर घरदैलो गर्नुलाई सामान्य प्रक्रियाकै रुपमा लिइन्छ ।

तर, कतिपय उम्मेदवारले भने भोट माग्ने नाममा अस्वाभाविक गतिविधि गरेकोसमेत देखियो । त्यसमध्ये पत्रकार ऋषि धमला पनि एक हुन् । अघिल्लो दिन पत्रकारिता छोडेको घोषणा गरेर भोलिपल्ट आम आदमी पार्टीबाट उम्मेदवार बनेका उनले मतदाता खुशी पार्न अनेक तमाशा देखाइरहेका छन् ।

धादिङ ज्यामरुङ स्थायी ठेगाना भई हाल काठमाडौँ बस्ने ऋषिले रौतहट(४ बाट उम्मेदवारी दिएका छन् । प्रभु साह नेतृत्वको उक्त पार्टीमा ऋषिपत्नी एलिजा गौतम उपाध्यक्ष छिन् । उनलाई सो पार्टीले खस(आर्य महिला कोटामा समानुपातिकतर्फ एक नम्बरमा राखेको छ ।

पार्टीले धेरै भोट ल्याए जोइ(पोइ नै माननीय हुन पाइने भएकाले पनि होला मतदाता रिझाउन ऋषिले अनेक उपाय अपनाएको देखिन्छ । सार्वजनिक भएका कतिपय भिडिओमा उनी मतदाताहरूलाई अंगालोमा बेरेर भावुक भएका छन् । स्थानीयको काम सघाएर मन जित्न खोजेका उनले कोट पाइन्टमा सजिएर जेरी पकाएको,आरोले काठ चिरेको र साइकल चलाएको दृश्य भिडिओमा देख्न पाइन्छ ।

ऋषिले किसानको खेतमा उखु बोक्दै गरेको अर्को भिडिओ पनि भाइरल भएको छ । टुटेफुटेको मैथली भाषामा स्थानीयसँग गफ गर्दै उनले काँधमा उखुको भारी हालेर दौडिरहेको दृश्य बडो रमाइलो देखिन्छ ।

त्यस्तै चकट देखाएका छन्, गोरखा १ का घण्टी उम्मेदवार सुधन गुरुङले पनि । कालो चस्मा लगाएर चिटिक्क परेका उनले जानी(नजानी भारी बोकेको भिडिओ सञ्जालतिर व्यापक छ । वर्षौं शहर बस्ने उनले मतदातालाई रिझाएर भोट बटुल्न यस्तो गरेको बुझ्न कठिन छैन ।

भदौ २३ गते जेनजी प्रदर्शनकारीलाई पानी बाड्दा बाँड्दै नेता बनेका उनी काठमाडौँमा एनजिओ चलाउँछन् । रवि लामिछाने र बालेन्द्र साहलाई मिलाउन पनि उनैले भूमिका खेलेको भन्ने गरिएको छ ।

घण्टी पार्टीकै नुवाकोट-२ का उम्मेदवार अच्युतम लामिछानेले देखाएको नौटंकी पनि कम चर्चामा छैन । उम्मेदवारी मनोनयनको दिन गलाभरी माला भिरेर सडकमा दौडिएका उनले बाटोमा भेटिएका बूढापाकालाई हजुरबा र हजुरआमाु भन्दै जमिनमा मुन्टो टेकेर ढोगेका थिए ।

आफूलाई रवि लामिछानेकै शैलीमा प्रस्तुत गर्न चाहने उनको शैली निकै अस्वाभाविक देखिन्छ । स्थानीयले यसलाई चटकको संज्ञा दिएका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर