वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
रास्वपाको राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै मन्त्रिहरु घिसिङ, गुप्ता र खरेललाई राजिनामा दिन दबाब
Prabhu Bank AD

काठमाडौँ । अन्तरिम सरकारका मन्त्रीहरू नै रास्वपाको राजनीतिक गतिविधिमा संलग्न हुन थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङसहित, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पार्टीलाई राजिनामा दिन दबाब दिएकी छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो जेन–जी आन्दोलनको जगमा बनेको नागरिक सरकार हो, तर तपाईंहरू त राजनीतिक गतिविधिमा पो लाग्नुभयो । अब मलाई सजिलो गराइदिनुहोला ।’

यस विषयमा बैठक सुरु हुनासाथ लामै बहस भएको एक मन्त्रीले बताए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘तपाईंहरु राजनीतिक गतिविधिमा लाग्ने भए लाग्नुहोला, मेरो भन्नु केही छैन । तर, यो नागरिक सरकार हो, विचार गर्नुहोला ।’ बैठक सकेर निस्किने बेला पनि उनले यसबारे सम्बन्धित मन्त्रीहरुलाई सचेत गराएकी थिइन् ।

गैरदलीय चुनावी सरकारका मन्त्री मात्रै होइन सल्लाहकारहरू समेत राजनीतिक दलका गतिविधिमा सक्रिय हुन थालेका छन्, जसले सरकारको निष्पक्षतामा प्रश्न उठाएको छ। राजनीतिक दलमा आबद्ध हुँदा चुनावी सरकारको कार्यसम्पादनमा निष्पक्षताको प्रश्न उठ्ने देखिएको छ ।

मन्त्री घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति छन् । रास्वपा र घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच भएको सहमतिपत्रमा एकतापछि उनी उपसभापति हुने उल्लेख छ । त्यसअघि घिसिङ उज्यालो नेपाल पार्टीका गतिविधिमा सहभागी हुँदै आएका थिए ।

रास्वपा र उज्यालो नेपालबीच एकतासम्बन्धी वार्ता र छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सक्रिय बनेका थिए । घिसिङ र गुप्ता दुवै रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उठ्ने तयारीमा छन् ।

रास्वपा र काठमाडौंका मेयर बालेन्द्र शाहबीच १३ पुसमा भएको ७ बुँदे सम्झौतापछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमा ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना । गन्तव्य तय हुँदै छ’ भनी लेखेका थिए । यसलाई लिएर खरेल पनि रास्वपा जाने र चुनाव उठ्ने तयारीमा रहेको अड्कलबाजी हुन थालेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर