वि.सं.२०८२ मंसिर १ सोमवार
“बा” हठ

-अमृत
मै हु भन्ने शक्ति पनि
देश जल्दा कुना पसे !
केहि हुल बुझक्क्डहरु
खरानी धसी सिंहदरवार पसे ।
बालहठ जस्तै थियो
“बा” हठ त्यो !
१९ जना निर्दोष मर्दा
केही होइन भन्दै थियो ।
के खाएर आउँछ त्यस्तो
हिटलर जस्तो विचार !
कुबुद्धिले हद नाग्दा
हुनु पर्यो फरार ।
समृद्धिको नारा लाउदै
बनायौ घुसको पहाड !
पानी छैन,कागजैमा
ल्यायौ पानी जहाज ।
नारा पनि कस्तो लाउथ्यौ
म घुस खान्न, अरुलाई खान दिन्न
घरमा आगो लागेर के भो त?
कम्बोडियालाई छुन्न ।।

सम्बन्धित खवर