वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
दलित जनमत संघको मधेसप्रदेश संयोजकमा सन्तोष पासवान
Prabhu Bank AD

जनकपुरघाम २० धनुषा । दलित जनमत संघको मधेस प्रदेश संयोजकमा सन्तोष पासवान चयन भएको छ भने सदस्य सचिवमा राजाराम मण्डल भएको छ ।

धनुषाको रामानन्द चौकमा रहेको पार्टी कार्यालयमा बुधबार आयोजित मधेस प्रदेश स्तरीय कार्यक्रमबाट ८ वटै जिल्लाको संयोजक र सदस्य सचिव सहित जिल्ला समन्वयन समिति पनि गठन भएको छ ।

सप्तरीको संयोजकमा उपेन्द्र पासवान । सिरहाको संयोजकमा रामपुकार मोची । धनुषाको संयोजकमा जयकुमार मण्डल । महोतरीको संयोजक टिंकु मण्डल । सर्लाहीको संयोजकमा नागेश्वर पासवान । बाराको संयोजकमा धर्मेन्द्र पासवान । पर्साको संयोजकमा नरेश राम चयन भएको छ ।

दिनेश दासको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि दलित जनमत संघका केन्द्रीय संयोजक राजेश विद्रोही र अतिथिमा सह संयोजक रमण मण्डलले चयन भएका पदाधिकारीहरुलाई क्रियाशील भएर काम गर्न निर्देश सहित सफल कार्यकालको शुभकामना दिएका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय