सिकिन्द्र कुशवाहा, १५ जेष्ठ । १६ओँ गणतन्त्र दिवसका अवसरमा साझा जागरण अभियानले विशाल जनजागरणसभा सम्पन्न गरेको छ । बाराको कोल्हवी नगरपालिकामा आयोजित कार्यक्रममा बारा, पर्सा र रौतहटका हजारौं जनसमुदायको उपस्थिति रहेको थियो ।
´हाम्रो गणतन्त्र खोई ?, हाम्रो लोकतन्त्र खोई ?, हाम्रो संघीयता खोई ?, लघुवित सहकारीहरुको खारेज गरी सरकारले नागरिकलाई नै त्यो सुविधा सिधै उपलब्ध गराउन माग गरेका थिए । यस्तै पुस्तौंदेखिको भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी, नागरिकता समस्या, जग्गा हदबन्दीको समस्या, गरिब दलित वस्तीमा वनको आतंकको खारेजी तथा स्थानीय सरकारको भ्रष्टाचारको विरुद्धमा समेत नारावाजी गरेका थिए । कोल्हवी बजार परिक्रमा गरी उनीहरुले आयोजना गरेको कार्यक्रम स्थल हटियामा पुगेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि जागरण अभियानको केन्द्रीय संयोजक राजेश विद्रोहीले गरेका थिए । विशिष्ट अतिथिमा राधाकृष्ण मैनाली, अतिथिहरुमा रितादेवी सापकोटा, श्रीचन्द्र चौधरी, कंचन पासवान, विन्दु चौधरी, प्रकाश चौधरी, माया चौधरी, पुष्पा चौधरी, कैलसिया पासवान, चन्द्रीका सदा, कृष्ण साहहरु रहेका थिए । कार्यक्रमको उदघोषक सिकिन्द्र कुशवाहाले गरेका थिए भने कार्यक्रमको अध्यक्षता जागरणका तीन जिल्लाका इन्चार्ज प्रकाश चौधरीले गरेका थिए । प्रमुख अतिथि, राजेश विद्रोहीले देशमा अहिले उत्पन्न विधमान समस्या अहिलेको राजनीतिकहरुले सृजना गरेको आरोप लगाएका छन् । उनले भने, अहिलेको गणतन्त्र छोटे राजाहरुको हातमा पुगेको छ । उनीहरुको हातबाट खोसेर जनगणतन्त्रको स्थापना गर्नुपर्ने बताए । अहिलेको आर्थिक मन्दी, मिटरब्याजी, लघुवित सहकारी, भूमिहीन सुकुम्बासी बस्तीमाथि डोजर आक्रमण लगायतका समुदायको सरकारले नियोजित रुपमा गरिरहेको बताए ।
कार्यक्रममा समाजमा व्याप्त रहेका अहिलेका भूमिहीन सुकुम्बासी, लघुवित सहकारीहरुको किस्ता आतंकको बारेमा विभिन्न नाटकहरुको प्रदर्शन गरेको थियो ।

