मधेस प्रदेश । लेखक तथा राजनीतिक विश्लेषक राजेश विद्रोहीले पुँजीपति उमेदवारहरुले आफू जित्न र आफ्नो प्रतिस्पर्धी उमेदवारलाई हराउन पैसा दिएर अर्को उमेदवार खडा गर्ने र भोट काट्ने राजनीतिक धन्दाको गन्दा खेल भइरहेको टिप्पणी गरेका छन् । आफ्नो समाजिक संजाल फेस्बुक ट्विटरमा स्टाट्स लेख्दै भनेका छन्, ´जनता कहिले सचेत हुने ? एकजना उमेदवार बेठीक कि उसलाई भोट दिएर जिताउने लाखौं भोटर बेठीक ? चुनावमा पुँजीपती उमेदवारहरुले आफू जित्न प्रतिस्पर्धी उमेदवारको विरुद्ध पैसा दिएर अर्को उमेदवार खडा गर्छन् । र, जनताको भोट काट्ने र राम्रो उमेदवारलाई हराउने चलन छ । जनता र समाजका बुजरुक वर्गले चुनावमा यस्ता विषय ख्याल गरिएन भने एकपटक भोट दिने अनि पाँच वर्षसम्म गाली गर्ने अनि जीवनभर दु:ख पाउने हुन्छ । यसलाई तोड्नुको विकल्प छैन् ।`

