वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
लहानको लिटिल स्टार विद्यायलः सफलता र प्रेरणाको प्रतीक
Prabhu Bank AD

संस्थापक तथा प्रिन्सिपल जय प्रकाश चौधरी (जेपी सर) को नेतृत्वमा स्थापित लहानको लिटिल स्टार विद्यायलले जिल्लाको शैक्षिक क्षेत्रमा नयाँ इतिहास रच्दै आएको छ । यस विद्यालयले विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा, संस्कार र आत्मबल सिकाउँदै उनीहरुलाई नेपालको उज्जवल भविष्यको आधारशिला बनाउने उद्देश्यले काम गरिरहेको छ ।

यस विद्यालयबाट अध्ययन गरेका चारजना प्रतिभाशाली विद्यार्थीहरुले हालै एम.वि.वि.एस. छात्रावृत्तिमा नाम निकाल्न सफल भएका छन् । प्रिन्सिपल चौधरीका अनुसार, छात्रवृत्ति प्राप्त गर्नेमा अभिशेक यादव, विवेक यादव, रञ्जित राम र निरन्जन यादव रहेका छन् । राम, जो दलित समुदायबाट आएका छन्, उनी पनि खुल्ला अन्तरगत नाम निकाल्न सफल भएका हुन् । रामलाई सप्तरीको सुरुङ्गा नगरपालिका द्वारा समेत सम्मानित गरिसकेको जनाइएको छ ।

पछिल्लो समयमा लहान र आसपासका क्षेत्रहरूमा शैक्षिक संस्थानहरू उत्कृष्टता हासिल गर्दै गएका छन् । यस विद्यालयबाट उत्पादित विद्यार्थीहरूले नेपाल राष्ट्र बैंकको डिपुटी म्यानेजरदेखि अमेरिका पुगेका पीएचडी छात्रसम्मको सफलता हासिल गरेका छन् । यसले देखाउँछ कि, “इच्छा शक्ति भए सफल हुन कसैले रोक्न सक्दैन” भन्ने कथनलाई यस विद्यालयको विद्यार्थी जीवनले पुष्टि गरेको छ ।

प्रिन्सिपल चौधरीले बताए अनुसार, विद्यालयले १६ प्रतिशतसम्म गरिब र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको छ । हाल यहाँ करिब १६०० विद्यार्थी अध्ययनरत छन् र ११३ जना स्टाफ कार्यरत छन् । गत वर्षको एसइई परीक्षाको सतप्रतिशत परिणामले विद्यालयको नामलाई अझ उच्च स्थानमा पुर्‍याएको छ, जसले विद्यालयको उत्कृष्टतालाई प्रमाणित गरेको छ ।

यस विद्यालयमा प्लस टु सम्मको अध्ययन सञ्चालन भइरहेको छ, जसमा विज्ञान र व्यवस्थापन गरी दुईवटा संकायको अध्ययन प्रदान गरिन्छ । विद्यालयको लक्ष्य, विद्यार्थीहरूलाई व्यावहारिक र सैद्धान्तिक दुवै क्षेत्रमा समान रूपले सक्षम बनाउने हो । प्रिन्सिपल चौधरीले भन्नुभयो,“शिक्षा एक यस्तो शक्ति हो जसले सपना देख्न सिकाउँछ र ती सपना पुरा गर्न आत्मबल दिन्छ । हाम्रो विद्यालयको मुख्य उद्देश्य हो, हरेक विद्यार्थीलाई अवसरको समान पहुँच दिलाउँदै, उनीहरूलाई उज्जवल भविष्यको लागि तयार पार्नु ।”

Prabhu Bank AD

सम्बन्धित खवर