वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
जनमतले मधेशको मुख्यमन्त्रीमा सतीश सिंहलाई पठाउने पक्का
Prabhu Bank AD

 

काठमाडौं । जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा सतीशकुमार सिंहलाई पठाउने पक्का भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकार बनाउन बिहीबार९आजै० दाबी प्रस्तुत गर्ने गठबन्धन दलहरुले मुख्यमन्त्रीमा जनमत पार्टीका प्रदेश सांसद सिंहलाई मुख्यमन्त्री बनाउन लागेका हुन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतको निर्वाचन क्षेत्र सप्तरी–२ को १ बाट सिंह प्रदेश सांसदमा निर्वाचित भएका थिए । सप्तरीको तिलाठी कोइलाडी नगरपालिकाका प्रमुख समेत भइसकेका सिंहलाई मुख्यमन्त्री बनाउन राउतले सत्ता गठबन्धन दललाई सन्देश दिइसकेको छ । राउत अमेरिकामा छन् । उनी आइतबार मात्र नेपाल फर्किनेछन् । ‘मुख्यमन्त्रीमा सिंहलाई नै अघि सार्ने सहमति छ,’ जनमत पार्टीका सचिव बीपी साहले कान्तिपुरसँग भने ।

जनमत पार्टीले मधेश प्रदेशका संसदीय दलका नेता महेशप्रसाद यादव वा सांसद वसन्त कुशवाहालाई मुख्यमन्त्री बनाउने धेरैले आकलन गरेका थिए । तर, संसदीय दलका नेता यादव मधेश प्रदेश सरकारमा मन्त्री भइसकेको र सिंह भने राउतकै क्षेत्रको १ बाट निर्वाचित भएकाले मुख्यमन्त्रीमा उनलाई अवसर दिइएको एक नेताले बताए । संसदीय दलका नेता यादव पनि राउतकै क्षेत्रको प्रदेशसभा २ बाट निर्वाचित भएका थिए । यादव मधेश प्रदेश सरकारमा यसअघि शिक्षा तथा संस्कृति मन्त्री भइसकेका छन् ।

यसैगरी, जनमत पार्टीले मुख्यमन्त्री सिंहसँगै प्रदेशका समानुपातिक सांसद रञ्जुकुमारी मण्डल खंगलाई राज्यमन्त्री बनाउने तयारीमा छ ।

Prabhu Bank AD

सम्बन्धित खवर