वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ३० अर्ब तरलता तान्दै
Prabhu Bank AD

नेपाल राष्ट्र बैंकले मंगलबार ३० अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त लगानी योग्य पुँजी तरलता प्रसोचन गर्ने भएको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार पुस २३ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६० खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । तर, यता कर्जा लगानी भने जम्मा ५० खर्ब ४२ अर्ब हाराहारी मात्र हुन सकेको छ ।

बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगातार निक्षेप संकलन उपकरणमार्फत तरलता प्रसोचन गरिरहेको छ । यसैको निरन्तरता मंगलबार केन्द्रीय बैंकले १४ दिनका लागि ३० अर्ब तरलता प्रसोचन गर्न लागेको हो ।

एक सूचना जारी गर्दै केन्द्रीय बैंकले निक्षेपका लागि दरखास्त आह्वान गरेको छ । अनलाइन विडिङ सिस्टममार्फत मंगलबार अर्थात् पुस २४ गते खरिद हुने निक्षेपपत्रका लागि दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu Bank AD

सम्बन्धित खवर