वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
महिला पत्रकार दाहालमाथि विमानस्थलमा किन भयो दुर्व्यवहार ?
Prabhu Bank AD

काठमाडौँ । अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा त्रिभुवन विमानस्थलमा हातपात र दुर्व्यवहार भएको छ ।

एसिया कप क्रिकेट खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज दिउँसो त्रिभुवन विमानस्थलमा स्वागतका लागि आयोजना गरिएको कार्यक्रमको समाचार सङ्कलनका क्रममा पत्रकार दाहालमाथि त्यहाँ उपस्थित केही व्यक्तिले महिला भएर पनि यस्तो ठाउँमा किन आएको भन्दै हातपात र दुर्व्यवहार गरेको जनाएको छ ।

महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको बताएका छन् । ‘स्वतन्त्रतापूर्वक पेसागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि यस किसिमको हर्कत हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी काम हो । महासंघ प्रेस विरोधी यो घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय