वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
कांग्रेस सच्चिने कि सक्किने
Prabhu Bank AD

नेपालमा मात्रै नभएर संसारभरि राजनीतिक दलहरू उनीहरूको झगडा र वैचारिक तथा राजनीतिक लडाईंका लागि परिचित छन् । यही लडाईंको कारणले गर्दा गुटको जन्म हुन्छ । सिद्धान्त र विचारधारा राजनीतिक पार्टीको एउटा यस्तो शक्ति हो, जसले राजनीतिक पार्टीका सदस्यहरू र उनीहरूका समर्थकहरूलाई एकजुट गर्दछ ।
समय, काल र परिस्थितिमा विचार र सिद्धान्तलाई परिवर्तन गर्नका लागि विचार मन्थन हुनुलाई नराम्रो मान्नु हुँदैन । नेपाली कांग्रेसको इतिहासमा गुट केवल पदका लागि बनेको पाइन्छ । राजनीतिक दल गुटमा रूपान्तरण हुनुलाई विनाशकारी कार्यको रूपमा लिइन्छ । संगठनभित्र विचारको लडाईंका लागि बनेका गुटहरूलाई केही हदसम्म राम्रो मानिन्छ तर पदका लागि बनेका गुटले संगठनलाई खोक्रो बनाएर एकदिन संगठनलाई नै समाप्त पारिदिन्छ ।

बीपी कोइराला राजा भरत जस्ता थिए, उनले देश र जनताका लागि मात्र सोचे र नेपाली कांग्रेस प्रतिपादन गरे । २०४६ साल पछिका नेतृत्वहरु धृतराष्ट्र जस्ता भए , उनीहरु केवल आफ्नालाई मात्र देख्छन ।
नेपाली कांग्रेसमा पाण्डव र कौरव दुवै छन् । उनीहरूको बीचमा पदका लागि मात्र लडाईं चलिरहेको छ । यो लडाईंबाट आउने पिँडी पाण्डवको हुनेछ, तर पाण्डवपछिको पिंडीले परिक्षितले कलिको प्रभावमा परी भरत वंश सकाएर द्वापर युगको अन्त्य गरेजस्तै नेपाली कांग्रेसको पनि अन्त्य गर्नसक्छन् ।।
विचारबाट उदय भएका भए परिवर्तन हुन सजिलो हुन्थ्यो, तर गुटबाट उदय भएकाहरूबाट ठूलो आशा गर्न सकिँदैन । २०४६ सालभन्दा अगाडि नेताहरू विचारबाट जन्मन्थे । त्यसैले त्यो बेला गुट हुँदैन थियो । यदि भैहाल्यो भने पनि कम हुन्थ्यो । अहिले विद्यार्थी राजनीतिदेखि नै गुटको शुरुआत हुन्छ । युवा नेताहरूमा आफूभन्दा अगाडिको पुस्तालाई आदार गर्ने संस्कार नै छैन । उनीहरूमा न त सिक्ने जोश र जाँगर नै छ, न त मलाई केही आउँदैन भनेर मनन गर्ने संस्कार नै छ । त्यो हुनु भनेको आफूमा सर्वेसर्वा हुँ भन्ने दम्भ रहनु पनि हो
नेविसंघ रोल्पा
केशव बिस्त

Prabhu Bank AD

सम्बन्धित खवर