वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
बाबुराम भट्टराईले गरे प्रत्यक्षतर्फ चुनाव नलड्ने घोषणा
Prabhu Bank AD

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्यक्षतर्फ चुनाव नलड्ने घोषणा गरेका छन् । भट्टराईले सोमबार फेसबुकमार्फत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएका हुन् ।

ु२०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु,ु भट्टराईले लेखेका छन्,ुआगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।ु

उनले प्रत्यक्ष चुनाव नलडे पनि पार्टीको काम र जनसेवामा निरन्तर खटिरहने प्रतिबद्धता पनि जनाएका छन् । ुचुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन१ कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्नरभन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनतारसमाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु,ु भट्ट्रराईले जनाएका छन् । भट्टराई गत २०७४ को निर्वाचनमा गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

नेकपा माओवादी केन्द्रको चुनाव चिह्‍न गोलाकार भित्रको हँसिया हथौडाबाट चुनावी प्रतिस्पर्धा गर्ने निर्णय लिएको नेसपाका अध्यक्ष भट्टराई गोरखा २ का आकांक्षी थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर