काठमाडौ । दाङ, सिन्धुली, उदयपुर, सर्लाही, कालिकोट लगायत जिल्लामा पार्टीले तोकेका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । त्यसलाई टुंगो लगाउन प्रचण्ड रुकुमबाट हतारिएर काठमाडौँ फर्किएको सचिवालयले बताएका छन्।
उम्मेदवारी मनोनयन गर्न रुकुम पूर्व पुगेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ फर्किएका छन्।
माघ ५ गते उम्मेदवारी दर्ता गर्न उनी रुकुम पश्चिमहुँदै सडकमार्गबाट रुकुम पूर्व पुगेका थिए।
मंगलबार उम्मेदवारी दर्ता गरेपछि उनले सहिद परिवार, घाइते परिवारका सदस्यसँग भेटवार्ता गरेका थिए। बुधबार बिहान पनि केही मतदाता भेटेपछि प्रचण्ड दिउँसो काठमाडौँ फर्किएको उनको सचिवालयलले जनाएको छ।
उनी फर्किएपछि पनि रुकुम पूर्वमा चुनावी अभियान जारी रहेको नेकपाका नेता गणेशमान पुनले बताए। २०७० सालपछि नेकपाले देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। प्रचण्ड चुनावी प्रचारमा निर्वाचन क्षेत्रमा जाने कार्यक्रम रहेको छ।

