काठमाडौं । लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन०बीच राजनीतिक सहमति भएको छ ।
यो सात बुँदे सहमतिका लागि ४८ घण्टा छलफल भएको अभियान्ता केपी खनाल बनाउँछन् ।
अभियान्ता खनाल भन्छन्, ‘४८ घन्टाको अनवरत खटाई पश्चात, अन्ततः बिहानको ४ बजे बाट नेपालमा नयाँ युवा युगको सुरुवातका निम्ति अब घन्टी बजाउँदै रास्वपाबाट ‘भावी प्रधानमन्त्री बालेन शाह ।’
छलफलका सुरुवातकर्ता एवम् रास्वपाका निवर्तमान सांसाद असिम शाह भने सहमति नयाँ सुरुवात भएको बताउँछन् । यसअघि उनकै निवासमा भएको छलफलले बालेन र रविबीच सहमतिको ढोका खोलेको थियो । उनले सात बुँदे सहमतिका तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘शुभ बिहानी “नयाँ शुरुवात’’ ।
रवि र बालेनबीच आइतबार बिहान ४ बजे सहमतिमा हस्ताक्षर भएको हो ।


