वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
बालेनसँग वार्ता गरेर निस्किए रवि तर कुनै प्रतिक्रिया दिएनन्
Prabhu Bank AD

 

काठमाडौ । काठमाडौँ महानगरका मेयर बालेन साहसँग छलफल गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति बाहिर निस्किएका छन्। तर बालेनसँगको छलफलबारे लामिछानेले कुनै प्रतिक्रिया दिएनन्

बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा उनीहरू वार्तामा बसेका थिए। झण्डै एक घण्टा छलफलपछि लामिछाने बाहिर निस्किएका हुन्।

वार्तास्थलमा रहेका सञ्चारकर्मीले प्रश्न गरे पनि उनले बोल्न चाहेनन्।

बालेन र लामिछानेबीच कसरी मिल्ने भन्ने विषयमा छलफल भएको रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले बताए। वार्तास्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्कीले मिलेर चुनावमा जाने विषय नै छलफलको एजेन्डा रहेको बताए।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय