वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रेमी सुर्यका विरुद्ध किटानी जाहेरी
Prabhu Bank AD

 

काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा ज्यानसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । प्रहरी वृत्त बालाजुमा मृतक सुनारका परिवारले सुनारका प्रेमी भनिएका सूर्य श्रेष्ठविरुद्ध ज्यानसम्बन्धी कसूरमा किटानी जाहेरी दिएको हो ।

गायिका सुनारको शव शनिबार आफ्नै कोठामा फेला परेको थियो । आइतबार प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठले आफूले सुनारले राति सँगै मदिरा सेवन गरेको तर कतिबेला आत्महत्या गरिन् आफूले थाहा नपाएको प्रहरीलाई बयान दिएका थिए ।

प्रहरीले श्रेष्ठको बयानकै आधारमा मृतक सुनारको सलसमेत महाराजगञ्जबाट बरामद गरेको छ ।
लोकगायिका दिलमाया सुनार शनिबार बिहान आफ्नै कोठामा मृत फेला परिन्। उनी डेरा बस्ने घरबेटीले गायिका सुनार मृत अवस्थामा रहेको प्रहरीलाई जानकारी गराए। त्यसपछि प्रहरी काठमाडौंको नेपालटारस्थित घटनास्थलमा पुग्यो।

प्रहरी पुग्दा दिलमायाको शव बेडमै थियो। घाँटीमा नीलडाम देखियो। अन्य शंकास्पद चिज केही पनि देखिएन। प्रहरीले उनको कोठामा खानतलास गर्दा पनि हत्याका केही प्रमाण फेला पारेन। घाँटीमा निलडाम भए पनि आत्महत्या पुष्टि गर्ने प्रमाण पनि भेटिएन। कतै डोरी वा सलको पासो छ कि भनेर प्रहरीले खोज्यो तर भेटिएन।

प्रहरीले दिलमायाको सम्बन्धको ‘कनेक्सन’ खोतल्न थाल्यो। घरबेटी र आसपासका अन्यसँग सोधपुछ गर्यो। त्यही क्रममा पत्ता लाग्यो, सिन्धुपाल्चोकको साँगाचोकगडीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठको ‘कनेक्सन’।

त्यही घरमा बस्ने अरुले सूर्यलाई त्यस रात दिलमायाको डेरामा देखेको बताए। रातिसम्म उनीहरु बोलेको सुनेको बताएपछि प्रहरीले सूर्यको खोजी गर्यो। गोठाटारमा सुन पसल सञ्चालन गर्ने सूर्य प्रहरीको सम्पर्कमा आए।

तर, घटनाबारे कुनै जानकारी नभएको उनले जवाफ दिए।

प्रहरीले केरकार गर्दै जाँदा उनले राति करिव ११ बजेसम्म मात्रै आफू त्यहाँ रहेको र पछि आफ्नै डेरामा फर्किएको बताए।

प्रहरीले भने अन्य प्राविधिक पाटोबाट पनि अनुसन्धान गरिरहेको थियो। राति २ बजेसम्म पनि सूर्य त्यहीँ रहेको पुष्टि भयो।

मोवाइल फोनको लोकेसन र सीसी क्यामेराबाट यो पुष्टि भइसकेपछि प्रहरीले सूर्यलाई नै केन्द्रित गरेर थप अनुसन्धान अगाडि बढायो।

घटनाबारे जानकारी नै नभएको बताएका सूर्यले पछि दिलमाया मृत अवस्थामा फेला परेको बताए। ‘उनले सुरुमा स्वीकार्दै स्वीकारेनन्। पछि हामीले उसको सीसीटीभी फुटेज देखाइसकेपछि बल्ल हो, म त्यहीँ थिएँ भने’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘त्यसपछि हामीले थप खोतल्न थाल्यौं।’

सुर्य श्रेष्ठको बयान –
‘बेलुकी म लोकल रक्सी खाएर सुतेको थिएँँ। ब्युझिँदा झ्यालमा उ सलको पासो लगाएर झुण्डिरहेको देखेँ। हतार हतार पासो फुकालेर बेडमा ल्याएँ। ऊ जीवित थिइन। त्यसपछि म उनी पासो लागेको सल बोकेर भागेँ’, उनले प्रहरीलाई जवाफ दिए।

‘त्यो पासो लागेको सल कहाँ छरु’ प्रहरी थप अगाडि बढ्यो।

उनले महाराजगञ्जस्थित चक्रपथ नजिकै फालेको जवाफ दिए। आइतबार उनले पासोबारे जानकारी दिएपछि प्रहरी टोली उनलाई नै लिएर सल फालेको भनिएको स्थानमा पुग्यो। महाराजगन्जस्थित इन्भेष्टमेन्ट बैंक अगाडि नाली नजिकै झारमा सल भेटियो।

उपत्यका अपराध महाशाखाको प्रहरी टोली त्यो सल लिएर फर्कियो।

अहिलेसम्म श्रेष्ठलाई नै केन्द्रमा राखेर अनुसन्धान गरिरहेको महाशाखाको टोली अझैसम्म दिलमायाको हत्या भएको हो वा उनले आत्महत्या गरेकी हुन् भन्ने निस्कर्षमा पुगिसकेको छैन। पोष्टमार्टमको रिपोर्ट आउनै बाँकी छ।

दिलमायाका आफन्तले पनि प्रहरीमा जाहेरी दिइसकेका छैनन्। सुर्खेतबाट उनका परिवार काठमाडौं आउँदैछन्। परिवार आइनसकेकै कारण पोष्टमार्टम पनि बाँकी छ।

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइराला भन्छन्, ‘अहिले नै यसै हो भन्न सक्ने अवस्थामा पुगेका छैनौं। उसले अस्वीकार गरेको भए पनि हत्या भएको हुन सक्छ वा आत्महत्या नै पनि हुनसक्छ। प्रमाणले जे पुष्टि गर्छ, त्यसपछि मात्रै भन्न सकिन्छ।’

पोष्टमार्टम रिपोर्ट आइसकेपछि हत्या वा आत्महत्या भन्ने खुल्ने प्रहरीको भनाइ छ । तर, अहिले पनि आत्महत्या नै पुष्टि गर्न केही शंकाहरु घटनामा देखिएका छन्।

घटनाअघिको स्टाटस
दिलमाया सुनारको फेसबुक प्रोफाइलमा एउटा स्टाटस छ त्यसै रात १ बजेर २० मिनेट जाँदाको।

स्टाटसको तल टिकटकका दुईवटा भावुक भिडियो छन्।

बाँकी अरु टिकटकमै रहेका भिडियो पनि र सूर्यसँगको एउटा फोटो पनि त्यहीँ छ।

स्टाटसमा उनी निक्कै भावुक र विरक्त देखिन्छिन्। ‘जिन्दगीमा उत्तार–चढाव धेरै भोगें, तर जब म जान्ने भएँ, अनि म एक्लो भएँ र कसैको माया पाउन जति कोसिस गरे पनि हार खाइनँ तर अहिले धेरै गाह्रो भयो,’ दिलमायाले लेखेकी छिन्, ‘जिन्दगीका धेरै अप्ठेरा मोड आएर पनि पार गरेँ। जसलाई राम्रो गर्छु भन्दा पनि भएन। म कहाँ जाउँ आमा दुःख पोख्नरु ‘तिमीलाई थाहा छ सबै कुरा । भित्रभित्रै मरेर बाँचेको छु।’

दिलमायाका एक छोरा छन्। पतिसँग डिभोर्स भएको थियो। छोरालाई ठूलो मान्छे बनाउने मन भए पनि नसकेको र आफूले हार खाएको उल्लेख गर्दै उनले आफ्नो गीत बजारमा पुर्याइदिन पनि भनेकी छन्।

दिलमायाको स्टाटस हेर्दा आफ्नो इच्छाले यो कदम चालेको र कसैलाई पनि दोष नदिन भनिएको छ। आफूसँग भएको सुन बेचेर छोरालाई पैसा दिन भनिएको छ। अरु कसैलाई केही नगर्न भनिएको छ।

‘मलाई बाँच्न अति गाह्रो भयो, कतिबेला के हुन्छ था छैन मेरो जीवन र’, यति लेखेर टुंगिएको छ स्टाटस।

प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ, ‘यो स्टाटस उनैले लेखेकी हुन्रु वा कसैले लेख्यो रु’

मोबाइल भेटिएन
राति १ बजेर २० मिनेट जाँदासम्म विरक्त देखिएकी गायिकाले आफैं स्टाटस लेखेकी हुन् भने उनको मोबाइल फोन कहाँ छ तरु

मोबाइल घटनाको अनुसन्धानका लागि ठूलो प्रमाण बन्न सक्छ। तर, प्रहरीले अहिलेसम्म पनि मोवाइल भेटेको छैन।

मोबाइल नभेटिँदा उनको मृत्यु अगाडि को–को जोडिएका थिएरु आत्महत्या हो भने मृत्युसम्म पुग्नुपर्ने कारण के बन्यो रु यी प्रश्नको जवाफ पनि मोबाइलसँगै हराइरहेका छन्।

शंका गर्नका लागि त प्रहरीसँग दुवै एंगलबाट प्रशस्त आधार छन्। आत्महत्या गरिन् कि भन्ने शंकामा प्रहरी छ। उनलाई नजिकबाट चिन्नेहरुले प्रहरीसँग यसका केही आधार बताएका छन्।

‘हामीले उनीसँग चिनजान नजिक भएकाहरुलाई पनि सोधेका छौं। उहाँहरुले पनि दिलमायाले विरक्त लाग्ने कुरा गरेको बताउनुभएको छ। केही दिन पहिले पनि आफूलाई सूर्यले बेवास्ता गरेर फोन उठाउन छाडेको बताउने गरेको र सूर्यसँग कुरा गराउन आग्रह गरेको खुलेको छ’, अनुसन्धानमा संलग्न एक अधिकारीले नेपालखबरसँग भने।

सूर्यको झूट
अनुसन्धानका लागि पक्राउ परेका सूर्यले सुरुदेखि नै प्रहरीलाई ढाँटिरहेको अनुसन्धानमा संलग्न अधिकारीहरुको आशंका छ । प्रहरीका अनुसार सुरुमा उनले त्यहाँ आफू नगएको बताए। पछि राति ११ बजेतिर फर्किएको भने। तर, प्रहरीले उनी त्यहीँ रहेको प्रमाण फेलापरेपछि मात्रै उनले स्वीकार गरे।

उनले सुरुमा पासो लागेको भनिएको सलबारे पनि केही बताएका थिएनन्। पछि आफूले फालेको स्थान बताए। आइतबार उनैलाई लगेर प्रहरीले त्यो सल फेला पार्यो।

प्रहरीको आशंका मोबाइल पनि उनैसँग रहेको भन्ने छ। मोबाइल बन्द हुँदा पत्ता लाग्न सकेको छैन। सूर्यले पनि भनेका छैनन्। यसले पनि सूर्यमाथि नै प्रहरीले आशंका गरिरहेको छ।

बयानका क्रममा उनले आफू त्यो रात रक्सी खाएर सुतेकाले केही थाहा नपाएको, पछि झुण्डिरहेको अवस्थामा देखेको बताएका छन्। कोठामा लोकल रक्सी, डिउ र खसीको मासु भेटिएको छ। उनले मृत फेला परिसकेपछि आफू डरले भागेको प्रहरीलाई बताइरहेका छन्। संलग्नता स्वीकार गरेका छैनन्।

दोहोरी साँझबाट सुरु भयो सम्बन्ध
सूर्यले प्रहरीलाई बताएअनुसार दिलमायासँग उनको करिव १५ महिना पहिले चिनजान भएको हो। चाबहिलको चुच्चेपाटीस्थित दर्पण छायाँ दोहोरी साँझमा उनीहरुको भेट भएको हो।

दिलमाया त्यहाँ गीत गाउन पुगेकी थिइन्। सूर्य ग्राहक बनेर गएका थिए। त्यहीँबाट सुरु भएको उनीहरुको सम्बन्ध झाँगिँदै गयो।

डिभोर्स भइसकेकी दिलमायाका एक छोरा छन् भने सूर्यले पनि आफ्ना ४ जना छोराछोरी रहेको बताएका छन्। तर, सूर्यका श्रीमती र छोराछोरी सिन्धुपाल्चोकमै छन्।

यता सूर्य भने दिलमायासँग नजिकिँदै गए। आउजाउ र बसोबास हुन थाल्यो। दिलमायाले अरुलाई सूर्य मेरो पति हो भन्दै चिनाउन थालिन्। उनले फेसबुकमा पनि दुईजनाको फोटो पोष्ट गरेकी छिन्। त्यहाँ पनि त्यही आशय देखिन्छ।

तर, पछिल्लो समय उनीहरुको सम्बन्ध बिग्रँदै गएको सूर्यले पनि बताएका छन्। ‘आफू काममा व्यस्त भएर फोन नउठाएको सूर्यको भनाइ छ। तर, दिलमायाले यही कुरालाई लिएर साथीहरुसँग गुनासो गरेकी रहिछन्’, अनुसन्धान अधिकृत भन्छन्।

प्रहरीका अनुसार तीन महिना पहिले पनि दिलमायाले विष खाएर आत्महत्याको प्रयास गरेको खुलेको छ। त्यतिबेला पनि सूर्यसहितका व्यक्तिले अस्पताल लगेर बचाएको बताउँदै प्रहरी स्रोत भन्छ, ‘सुरुमा उनीहरुले ग्रिनसिटी र पछि त्रिवि शिक्षण अस्पताल लगेर बचाएका रहेछन्।’

तर, त्यसरी बचाएको तीन महिनामै भएको दिलमायाको मृत्यु यसपटक भने रहस्यमै छ।

Prabhu Bank AD

सम्बन्धित खवर