वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
देशको अवस्था खराब छ, बदल्न आवश्यक छ ः प्रधानमन्त्री ओली
Prabhu Bank AD

 

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताएका छन्।

बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले देशको अवस्था अहिले राम्रो नभएको पनि बताए।

देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको उनको भनाई छ। प्रधानमन्त्री ओलीले देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको बताए।‘देश समस्यामा छ। शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र ? ज्वरो चाहिँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र ? ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि’ उनले भने, ‘त्यसकारण देशको अवस्था राम्रो छैन। प्रशंसा गर्न लायक छैन । देशको इतिहास प्रशंसा गर्न लायक छ। गौरवपूर्ण इतिहास छ। प्रशंसा गर्न लायक छ। भविष्य उज्वल छ। त्यसमा कुनै सन्देह छैन। तर आज सन्तोष मान्न, खुशी हुन सकिने अवस्था भने छैन। हामीले यस अवस्थालाई बदल्नै पर्ने हुन्छ।

उनले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताए। इन्जिनियरहरुको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाई छ।

Prabhu Bank AD

सम्बन्धित खवर