वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
सरकारले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ कर हटायो
Prabhu Bank AD

काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गरेर मूल्य घटाइएको हो ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री दिलेन्द्र प्रसाद बडूले अहिलेको अवस्थालाई सहज बनाउन सरकारले लिँदै आएको करमा कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाइएको बताए। पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ कर कटौती गरिएको छ।

अब पेट्रोलको मूल्य १७९ रुपैयाँ र डिजेलको मूल्य १६४ रुपैयाँ पर्नेछ। सरकारको निर्णयसँगै अब नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्य सूची सार्वजनिक गर्नेछ।

Prabhu Bank AD

सम्बन्धित खवर