वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
अब पेट्रोलको मूल्य १९९, डिजेलको मूल्य १९२
Prabhu Bank AD

काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्यवृद्धि गरेको छ । पेट्रोलको मूल्य लिटरमै २१ रुपैयाँले वृद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी उक्त दरले बढेसँगै सर्वसाधारण जनताले अब पेट्रोल लिटरको १ सय ९९ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

पेट्रोलसँगै अब डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य २७ रुपैयाँ प्रतिलिटरले बढेर १९२ रुपैयाँ पुगेको छ। एलपी ग्यासको मूल्य भने हाललाई पूर्ववत् कायम राखिएको निगमले जनाएको छ।
इन्धनको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य वस्तुको बजार भाउ आकासिने र जनताको जीवन अस्तव्यस्त र कस्टकर बन्ने स्थिति बनेको छ । इन्धनमा लगाइएको कर हटाएर मूल्य कम गर्न चौतर्फी रुपमा आवाज उठे पनि सरकारले यसको सुुनुवाइ गरेको छैन ।

Prabhu Bank AD

सम्बन्धित खवर