वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्यो
Prabhu Bank AD

 

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला सात सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख २४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुन पनि प्रतितोला सात सय रुपैयाँले बृद्धि भएको छ । महासंघले आजका लागि तेजावी सुन प्रतितोला एक लाख २४ हजार छ सय रुपैयाँ कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला एक लाख २३ हजार नौ सय रुपैयाँ मूल्यमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । सोमबार प्रतितोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार पाँच सय २५ रुपैयाँ निर्धारण भएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर