वि.सं.२०८३ वैशाख ३ बिहीवार
Dish Home Long Ad
एसपीपी ओली प्रधानमन्त्री हुँदा नै कार्यान्वयन भएको प्रचण्डको दावी
Prabhu Bank AD

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौता सन् २०१९ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कार्यान्वयन गर्ने काम भएको दाबी गरेका छन्।

बिहीबार पेरिसडाँडामा आयोजित रितबहादुर खड्काको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो सम्झौतामा कुनै पनि हालतमा हस्ताक्षर नगर्ने बताएको उल्लेख गरे।

‘बरू यो एसपिपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ, यो कुरा हामी सबैले बुझ्न जरूरी छ,’ प्रचण्डले भने। उनले एसपिपीबारे जनतामा भ्रम छर्ने काम भइरहेको बताएका थिए।

‘कुनै न कुनै रूपले राष्ट्रवादको झुटो र राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत विगतमा पनि हामीले देखेको हो। जो सबैभन्दा बढी आत्मसमर्पण गर्नेतिर जान्छन् उनीहरूले नै राष्ट्रवादको बढी हावा दिने गरेको अनुभव नेपाली जनतालाई छ,’ प्रचण्डले भने, ‘हिजोआज पनि एउटा प्रश्न, एसपिपी भन्ने हुँदैछ रे, सैनिक सम्झौता हुँदैछ रे, भइ नै सक्यो भन्याजस्तो गरी प्रचार गरिएको छ विल्कुल झुटो हो।’

उनले कुनै सैन्य सम्झौता नहुने बताएका थिए। ‘प्रधानमन्त्रीजीले कुनै पनि हालतमा म त्यस्तो सम्झौतामा जान्न भनेर प्रतिवद्धता जनाउनुभएको छ। कोही भ्रममा पर्न जरूरी छैन,’ उनले भने।

प्रचण्डले सत्ता गठबन्धन एसपिपीजस्ता सम्झौता गर्नतिर नलाग्ने पनि बताएका थिए।

Prabhu Bank AD

सम्बन्धित खवर