वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
गाभिने भए ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू, चुक्ता पुँजी ३४ अर्ब पुग्ने
Prabhu Bank AD

काठमाडौँ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बैंक (बीओके) आपसमा गाभिने भएका छन् । गाभिनका लागि दुवै बैंकले बिहीबार समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गरेका छन् ।

दुवै बैंक समान सेयर अनुपात (१ ः १) मा गाभिन लागेका हुन् । मर्जरपछि बन्ने नयाँ संस्थाको चुक्ता पुँजी करिब ३४ अर्ब हुनेछ । यो त्यसपछि उक्त बैंक पुँजीका आधारमा हालसम्मकै ठूलो बैंक बन्ने छ । मर्जरपछि यो ग्लोबल आईएमई बीओके लिमिटेडको नाममा सञ्चालनमा आउनेछ । मर्जरपछि बन्ने बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल (हाल ग्लोबल आईएमई बैंकका अध्यक्ष) नै रहनेछ ।

यस्तै, प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य (हाल ग्लोबलआईएमई बैंकका सीईओ) बन्ने सहमति दुई पक्षबीच भएको छ । समझदारी पत्रमा ६ महिनाभित्र मर्जर प्रक्रिया पूरा गरिने उल्लेख भए पनि ४ महिनामै एकीकृत कारोबार सुरु गर्ने तयारीमा संयुक्त मर्जर समिति जुटेको छ ।

समझदारी पत्रमा हस्ताक्षर गरेपछि सैद्धान्तिक सहमतिका लागि दुवै बैंक अहिले नेपाल राष्ट्र बैंक पुगिसकेका छन् । ग्लोबल आईएमई बैंकले यसअघि कमर्ज एन्ड ट्रस्ट, जनतालगायत दर्जन बढी बैंकलाई गाभिसकेको छ भने बीओकेले पनि यसअघि लुम्बीनी बैंकसँग मर्जर भएको हो ।

Prabhu Bank AD

सम्बन्धित खवर