वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
त्रिशूलीमा दुर्घटनाग्रस्त भारतीय नम्बरप्लेटको जीप
Prabhu Bank AD

भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।

आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । जीप सडकबाट करिब ८५ मिटर तल खसेको हो ।

त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको छ । स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको हो ।

 

Prabhu Bank AD

सम्बन्धित खवर